२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

हिटर ताप्दा ध्यान दिने कि ?



काठमाडौं ।
चिसो बढेसँगै तापमान घट्दो क्रममा छ । अत्यधिक चिसोका कारण जनजीवनसमेत प्रभावित भइरहेको छ । जाडो छल्नका लागि ब्लोअर अर्थात् हिटरको प्रयोग गरिन्छ । तर, हिटर चलाउन नजान्दा स्वास्थ्यमा असर पर्ने र दुर्घटनासमेत हुन सक्ने भएकाले एकदमै ध्यान दिन जरुरी हुन्छ ।

– ग्यास हिटरबाट उत्पन्न हुने कार्बन मोनोअक्साइड ग्यास स्वास्थ्यका लागि हानिकारक हुने भएकाले कोठा बन्द गरेर हिटर बाल्नुहुँदैन ।
– हिटरलाई वेलावेलामा बन्द गर्ने गर्नुपर्दछ । प्रयोग नभएको वेलामा हिटर सधैँ बन्द गर्नुपर्छ । सुत्न जानुभन्दा अगाडि ब्लोअर पूर्ण रूपमा बन्द गर्नुपर्छ ।

– हिटरनजिकै बसेर ताप्नु हुँदैन । यसले छाला सुक्खा हुने, आँखामा समस्या आउने र नाकमा रक्तनली फुट्ने समस्या देखापर्छन् ।
– बालबालिकाको पहुँच पुग्ने ठाउँ, बाटोमा ग्यास हिटर र विजुली हिटर राख्न हुँदैन ।
– मुटु, श्वास–प्रश्वासलगायतका बिरामीले ब्लोअरको प्रयोग गर्नुहुँदैन ।
– हिटर तापेर बस्दा पानी, चिया, कफीजस्ता पेयपदार्थ सेवन गर्नु उचित हुन्छ । यसले छाला सुक्खा हुने समस्याबाट बचाउँछ ।
– ब्लोअरअगाडि छिट्टै आगो टिप्ने वस्तु, कागतजन्य चिज राख्नुहुँदैन ।

प्रकाशित मिति : २९ पुस २०८० आइतबार ००:००  ११ : ०५ बजे