७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

एमालेका पूर्वकेन्द्रीय सदस्य चन्द्र माओवादी प्रवेश



अर्घाखाँची ।
नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य चन्द्रबहादुर खड्का नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई अर्घाखाँचीमा आयोजित कार्यक्रमकाबीच पार्टीमा स्वागत गरेका हुन्।

खड्का राष्ट्रियसभाका पूर्वसदस्यसमेत हुन्। उनले यसअघि एमाले अर्घाखाँची इन्चार्जको भूमिका पनि निर्वाह गरिसकेका थिए। खड्का माओवादी पृष्ठभूमिकै नेता हुन्। उनी नक्कली शरणार्थी प्रकरणमा अभियोग लागेर एमालेबाट निलम्बित नेता सचिव टोपबहादुर रायमाझीसँगै थिए।

एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजन भएपछि माओवादीमा नगएर एमालेमै बसेका उनी पछिल्लो समय निष्क्रिय थिए। एमाले सचिव रायमाझी जेल परेसँगै उचित जिम्मेवारी नपाएको भन्दै निष्कृय उनी फेरि माओवादीतिरै फर्किएका हुन्।

प्रकाशित मिति : १ माघ २०८० सोमबार ००:००  ९ : ४८ बजे