६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

रुसको जासूस सैन्य विमान खसालेको युक्रेनको दाबी



एजेन्सी ।
युक्रेनको सेनाले आजोभ सागरमा रुसी जासूस सैन्य विमान खसालेको दाबी गरेको छ ।

युक्रेनी सेना प्रमुखले वायुसेनाले लामो दूरीको राडार पत्ता लगाउने रुसको विमानलाई नष्ट गरेको बताएका बीबीसी हिन्दीले जनाएको छ । यो विमानले रुसको हवाई सुरक्षा प्रणाली पत्ता लगाएर अरु जेट विमानहरूको सम्भावित निशाना पहिले नै पत्ता लगाउने गरेको थियो ।

यसअघि युक्रेन लगातार दक्षिणपूर्वी क्षेत्रमा रुसमाथि कब्जा जमाउन असफल भएको थियो । तर युक्रेनले सैन्य विमान खसालेको कुरालाई विज्ञहरूले रुसको हवाई शक्तिका लागि ठूलो धक्का पुगेको मानिरहेका छन् ।

रुसी विशेषज्ञहरूले ए–५० नामको रुसी जासूस सैन्य विमानको विनाश ठूलो कुरा भएको बताएका खबरमा उल्लेख छ ।

प्रकाशित मिति : २ माघ २०८० मंगलबार ००:००  ८ : २१ बजे