२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

यस्ता छन् जाडोमा छाला फुस्रो हुनबाट जोगिने पाँच उपाय



एजेन्सी ।
जाडोमा छाला फुस्रो हुने समस्याले धेरैलाई हैरान बनाएको हुन्छ । यहाँ छाला फुस्रो हुनबाट जोगिन अपनाउन सकिने पाँच उपायहरूका बारेमा चर्चा गरिएको छ ।

तातो पानी प्रयोग नगर्ने

तातो पानीले शरीरमा हुने प्राकृतिक तेल नाश गरेर छाला रुखो बनाउँछ । चिसो मौसममा पनि तातो पानी प्रयोग नगर्ने, स्टिम बाथ लिनु नै काफी हुन्छ ।

पानीमा तेलको मिश्रण

नुहाउनुअघि पानीमा जैतुन या बदामको तेलका केही थोपा राख्दा राम्रो हुन्छ । यसले छाला नरम बनाएर राख्छ ।

बास्नादार साबुन नरोज्ने

साबुन जति बास्नादार हुन्छ, उति नै केमिकल मिसाइएको छ भन्ने जान्दा हुन्छ । केमिकलयुक्त साबुनले छाला रुखो बनाउँछ । साबुन प्रयोग नै गर्ने भए घ्युकुमारी र निमबाट बनेको रोज्नुहोला ।

हनी प्याकको प्रयोग

मह छालाका लागि निकै नै उपयोगी चिज हो । मह र दहीको प्याक बनाएर पूरै शरीरमा लगाउने र सुकेपछि नुहाउँदा छाला रुखो बन्दैन । तीन हप्तामा एकपटक यसो गर्दा सकारात्मक परिणाम आउँछ ।

मस्चराइजर लगाउने

छाला स्वस्थ राख्ने हो भने नुहाएलगत्तै मस्चराइजर लगाउनु जरुरी छ । नुहाएपछि पूरै शरीरमा मस्चराइजर गर्नुपर्छ । पहिलोपटक लगाएको एक घन्टापछि पनि छालामा रुखोपन देखियो भने दोस्रो पटक मस्चराइजर लगाउनुपर्छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २ माघ २०८० मंगलबार ००:००  ९ : ०८ बजे