१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दशगजामा ३८ स्थानका ५५६ घर टहरा हटाइयो



काठमाडौं ।

नेपाल-भारत सिमाना दशगजा क्षेत्रमा ३८ स्थानका ५ सय ५६ घर टहरा हटाइएको छ। सीमा क्षेत्र खाली हुनुपर्नेमा त्यहाँ अतिक्रमण गरी बनाइएका घर टहरा बनाइएपछि सशस्त्र प्रहरी बल र भारतीय एसएसबीले हटाएको हो।

सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काका अनुसार दुई तीन वर्ष अघिदेखि नै दशगजा खाली गराउन थालिएको हो।

अहिलेसम्म १७ किलोमिटर खाली भएको छ। मानिसहरूले बीच-बीचमा घर टहराहरू बनाएर बसेका छन्। केही स्थानमा हटाउन समेत समस्या रहेको एसएसपी खड्काले बताए।

अहिले त्यस क्षेत्रमा बन्दै गरेका भौतिक संरचनासमेत नबनाउन भनिएको छ। त्यस्तै दशगजामै पर्ने १३ बिघा जमिनमा खेतीपातिमा रोक लगाइएको एसएसपी खड्काले जानकारी दिए। घर टहरा भत्काइएकाहरूलाई स्थानीय प्रशासन र स्थानीय सरकारले वैकल्पिक व्यवस्थापन गर्ने उनले बताए।

प्रकाशित मिति : ६ माघ २०८० शनिबार ००:००  ९ : ५८ बजे