११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

बाग्मती प्रदेशको लोकसेवा आयोगबाट एकैपटक ११ सय कर्मचारी माग



काठमाडौं ।
बाग्मती प्रदेशको लोकसेवा आयोगले ११ सयभन्दा धेरै कर्मचारीका लागि विज्ञापन गरेको छ ।

बाग्मती प्रदेश सरकारका मन्त्रालय र बाग्मती प्रदेशका पालिकाहरुका विभिन्न सेवा र समूहमा गरी ११ सय १३ जना कर्मचारीका लागि विज्ञापन भएको हो ।

प्राविधिक, अप्राविधिक र स्वास्थ्य समूहका पाँचौँ तहका कर्मचारी पदपूर्तिका लागि विज्ञापन भएको प्रदेश लोकसेवा आयोगले जनाएको छ ।

आयोगले माघ २८ गतेभित्र दरखास्त दिइसक्न भनेको छ ।

प्रकाशित मिति : ८ माघ २०८० सोमबार ००:००  १० : ४७ बजे