१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



काठमाडौं ।
पाल्पाको रम्भा गाउँपालिका-१ भुमरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रम्भा गाउँपालिका-१ असर्दी बस्ने २८ वर्षीय हेमन्त जी.टी. रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता श्रीराम भट्टले जानकारी दिए ।

पिपलडाँडाबाट हुँगीतर्फ जाँदै गरेको ग १४ प ३७५ नम्बरको मोटरसाइकल आइतबार राति करिब १० बजे कालीगण्डकी करिडोरमा दुर्घटना भएको थियो ।

मोटरसाइकल कालीगण्डकी नदी किनारमा खसेको छ ।

मोटरसाइकल चालक जी।टी।को दुर्घटनास्थलमै मृत्यु भएको थियो । उनको शवलाई रामपुर अस्पताल पाल्पा पठाइएको छ ।

प्रकाशित मिति : ८ माघ २०८० सोमबार ००:००  १० : ५२ बजे