७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

आज राति यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना



काठमाडौँ ।
आज (बुधबार) विशेष गरेर गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी क्षेत्रमा साधारणतया बदली रही बाँकी स्थानमा मौसम आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी पहाडी भूभागका एक/दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना छ।

साथै सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थान साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : १७ माघ २०८० बुधबार ००:००  ९ : ५५ बजे