८ जेष्ठ २०८१, मंगलबार | Wed May 22 2024

अर्घाखाँचीमा जीप दुर्घटना, दुई जनाको मृत्यु



रूपन्देही ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङ्गमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान (आज) ढाकावाङ्गको थापाडाडाँमा बाटोबाट करिब १५० मिटर जीप तल खसेर दुर्घटना भएको हो ।

शनिबार बिहानै भएको दुर्घटनामा २ जनाको मृत्यु भएपनि उनीहरूको पहिचान खुलेको छैन । लु १ ज १६७९ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमा नै मृत्युु भएको प्रहरीले जनाएको छ । दुर्घटना के कारण भयो भन्ने विस्तृत खुलेको छैन ।

प्रकाशित मिति : २० माघ २०८० शनिबार ००:००  ८ : ४० बजे