३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन अन्तिममा गर्ने तयारी



काठमाडौं ।
राष्ट्रिय सभाका अध्यक्षको निर्वाचन आगामी फागुन २९ गते गर्ने गरी संघीय संसद् सचिवालयले तयारी थालेको छ।

संघीय संसद् सचिवालयले तयार गरेको सम्भावित कार्यसूचीमा आगामी फागुन २० गतेदेखि खाली हुने राष्ट्रिय सभाको अध्यक्ष पदका लागि फागुन २९ गते निर्वाचन गरिने उल्लेख छ।

अहिले राष्ट्रिय सभाको अध्यक्षमा गणेशप्रसाद तिमल्सिना छन्। उनको कार्यकाल फागुन २० गते सकिँदैछ। एमालेबाट राष्ट्रिय सभा सदस्य बनेका उनको कार्यकाल सकिएपछि राष्ट्रिय सभा अध्यक्षमा नेपाली कांग्रेस र माओवादीको केन्द्रको दाबी छ।

राष्ट्रिय सभाको सम्भावित उम्मेदवारका रुपमा कांग्रेसका कृष्ण सिटौलालाई हेरिएको छ। उनी कोसी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भइसकेका छन्।

फागुन २० देखि खाली हुने राष्ट्रिय सभाका १९ पदका लागि माघ ११ गते भएको निर्वाचनमा सत्ता गठबन्धनका १८ र नेकपा एमालेबाट एकजना विजयी भएका छन्।

प्रकाशित मिति : २१ माघ २०८० आइतबार ००:००  ५ : २० बजे