१२ फाल्गुन २०८०, शनिबार | Sat Feb 24 2024

लुम्बिनी प्रदेश सभाको बैठक फागुन १८ गते आह्वान



बुटवल ।
लुम्बिनी प्रदेश सभाको हिउँदे अघिबेशन फागुन १८ गते शुक्रबार आह्वान गरिएको छ ।

संविधानको धारा १८३ को उपधारा ९१० र धारा १६६ को उपधारा (२) अनुसार मन्त्रीपरिषदको निणर्य सहित मुख्यमन्त्रीबाट प्रदेश प्रमुखलाई गरिएको सिफारिस अनुसार प्रदेश प्रमुख अमिक शेरचनले बैठक आह्वान गरेका हुन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम २०८० फागुन १८ गते दिउसो ३ बजे प्रदेश सभाको बैठक प्रदेश सभा भवन राप्ती उपत्यका देउखुरीमा प्रदेश सभाको तेस्रो प्रदेश अधिवेशन आह्वान गरेका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०८० मंगलबार ००:००  १२ : २४ बजे