१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

महिला स्वास्थ्यमा जाइफलको महत्व



काठमाडौं ।
सबैको घरको भान्सामा उपलब्ध हुने जाइफललाई प्रायजसो हामी मसलाको रुपमा वा पुजा सामाग्रीको रुपमा प्रयोग गर्ने गर्छौँ। घरमा सजिलैसँग पाइने यस जाइफलले महिलाको स्वास्थ्य सम्बन्धी धेरै समस्या हटाउन मद्दत गर्छ । भान्सामा उपलब्ध हुने मसालाहरु हजारौं वर्षदेखि परम्परागत चिकित्सामा प्रयोग हुँदै आएको छ ।

यस्तै मसलाहरु मध्येमा जाइफल पनि एक हो । जाइफलमा शरीरलाई तातो बनाउने तत्वको साथै पौष्टिक स्वाद र उत्कृष्ट सुगन्ध रहेको हुन्छ । जसलाई हामी अंग्रेजीमा नटमेग भन्छौँ । जाइफल महिलाहरुको स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । खासगरि महिनावारी र अन्य प्रजनन स्वास्थ्य सम्बन्धी समस्यालाई हटाउन यसले मद्दत गर्छ । यस समयमा हुने मूडस्विङ्गलाई नियन्त्रण गर्न पनि यसले मद्दत गर्छ ।

एक अध्ययनका अनुसार जाइफलले ग्रोथ हार्मोन र इन्सुलिनको प्रभावलाई बढाउँछ । यसले महिनावारीको समयमा हुने पिडा र मूडस्विङ्गलाई कम गर्न मद्दत गर्छ । जाइफलमा त्यस्तो तत्व रहेको हुन्छ जसले मूडस्विङ्गलाई नियन्त्रण गर्नुको साथ साथै चिन्ता र अवसादका लक्षणहरुलाई पनि कम गर्छ । तपाई यसलाई आफ्नो दैनिक आहारमा सजिलैसँग प्रयोग गर्न सक्नुहुन्छ ।

जाइफल किन प्रयोग गर्ने ?

हार्मोनलाई सन्तुलन बनाइ राख्न मद्दत गर्छ : जाइफलमा इमेनागाग गुणहरु हुन्छन् । यी गुणहरुमा श्रेणी क्षेत्रहरुमा रक्त सञ्चार र हार्मोनल सन्तुलनलाई बढाउँन मद्दत गर्छ । जाइफललाई आफ्नो आहारमा समावेश गर्न र हर्बल चियाको रुपमा सेवन गरेर महिनावारीलाई नियमित राख्न सकिन्छ ।

महिनावारीको पिडामा राहत दिन्छ : जाइफलमा प्राकृतिक एनाल्जेसिक र एन्टिस्पास्मेडिक गुण रहेको हुन्छ । यसले महिनावारीमा हुने पिडालाई कम गर्न मद्दत गर्छ । यसले पाठेघरको मांसपेशीलाई आराम दिन र महिनावारीको समस्यालाई तीव्रताका साथ कम गर्न पनि मद्दत गर्छ । महिनावारीको समयमा जाइफलको चिया पिउदा दुखाईबाट आराम मिल्छ ।

पाचन प्रकियामा सहयोग गर्छ : जाइफल त्यस्ता महिलाहरुको लािग फाइदाजनक हुन्छ, जसले महिनावारीको समयमा पाचन सम्बन्धी समस्याको अनुभव गर्ने गर्छन् । महिनावारीका समयमा देखिने समस्याहरु सुनिने, ग्यास र अपच जस्तो लक्षणहरुलाई कम गर्न मद्दत गर्छ । खानामा जाइफलको प्रयोग र हर्बल चियाको रुपमा यसलाई सेवन गर्दा महिलाहरुको स्वास्थ्यमा सुधार आउँछ ।

मूड स्विङ्ग र भावनात्मक सन्तुलन बनाउन मद्दत गर्छ : जाइफलमा यस्ता तत्वहरु रहेका हुन्छन् जसले मूडलाई सुधान गर्न र तनाव चिन्ता कम गर्न मद्दत गर्छ । यसमा आरामदायी गुणहरु रहेका हुन्छन् जसले शरीरलाई आराम दिन्छ । महिलाहरुको हार्मोनको परिवर्तनले गर्दा हुने मुड स्विङ्गलाई भावनात्मक असन्तुलनलाई मिलाउन सहायता गर्छ । तातो दुधमा एक चम्चा जाइफल मिसाएर सेवन गर्न सकिन्छ । जसले गर्दा महिलाहरुलाई भावनात्मक रुपमा मजबूद बनाउछ ।

हड्डी स्वस्थ राख्छ : जाइफलमा क्याल्सियम र म्याग्नेसियम जस्ता आवश्यक तत्वहरु रहेका हुन्छन् । जसले हड्हीहरुलाई स्वस्थ राख्छ । महिलाहरुमा ओस्टियोपोरोसिस र हड्हीसँग सम्बन्धित समस्या बढी हुने गर्छ । आफ्नो खानपानमा जाइफलको समावेश गरेर हड्डी स्वस्थ बनाउन सकिन्छ ।

प्रजनन क्षमतामा वृद्धि : बायोएक्टिभ यौगिकहरुले समृद्ध जाइफल सुगन्धित मसलाले प्रजनन क्षमता बढाउन र यौन स्वास्थ्य ठिक राख्न मद्दत गर्दछ ।

प्रकाशित मिति : २५ माघ २०८० बिहिबार ००:००  ९ : २३ बजे