१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रामग्राम स्तुप क्षेत्र निजी कम्पनीलाई नदिन लेखा समितिको निर्देशन



काठमाडौं ।
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले वुद्धको अस्तिधातु रहेको रामग्राम स्तुप क्षेत्रको विकास र संरक्षणका लागि निजी कम्पनीसँग गर्न लागिएको समझारी रोक्न निर्देशन दिएको छ ।

आइतबार बसेको समितिको बैठकले यस्ता क्षेत्रको उत्खनन, अन्वेषण, संरक्षण र संवद्र्धनको प्रमुख जिम्मेवार पूरातत्व विभाग र अर्थ मन्त्रालयको स्वीकृति नलिई लुम्बिनी विकास कोषले एकल निर्णय गरी निजी कम्पनीलाई दिन लागेको भन्द रोक्न निर्देशन दिएको हो ।

‘उक्त कार्यप्रक्रिया कानुनसम्मत नभएको र राज्यलाई दीर्घकालीन रुपमा हानी नोक्सानी हुने देखिएकाले उक्त कार्य तत्काल खारेज गर्न र सो को जानकारी समितिलाई दिन यो बैठक ‘निर्देश गर्दछ ।’

समितिले रामग्राम क्षेत्रको विकासका लागि आवश्यक जमिन अधिग्रहण गर्न र आवश्यक बजेट विनियोजन गर्न र सरकारी तवरमा उक्त क्षेत्रको विकास गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

लुम्बिनी विकास कोषले बुद्धको अस्तिधातु भएको क्षेत्र ९९ वर्षम्म निजी कम्पनीलाई लिजमा दिने प्रक्रिया अघि बढाएको भन्दै सार्वजनिक रुपमा विरोध भइरहेका बेला लेखा समितिले अघि नबढाउन निर्देशन दिएको हो ।

समितिले रामग्राम क्षेत्र निजी कम्पनीलाई दिन हतारिनुले गम्भीर आशंका उत्पन्न गरेको भन्दै यसको पछाडिको कारण अध्ययन र अनुसन्धान गरी निष्कर्षमा पुग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि निर्देशन दिएको छ ।

प्रकाशित मिति : २८ माघ २०८० आइतबार ००:००  ७ : ४० बजे