११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

किन एमाले केन्द्रीय सदस्यबाट बर्खास्तमा परे कपिलवस्तुका सिराज



मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य सिराज अहमद फारुकीलाई पार्टीले बर्खास्त गरेको छ ।

पार्टी भित्र आर्थिक विचलन गरेको उजुरी परेपछि उनी पार्टी कारबाहीमा परेको जनाइएको छ ।

एमालेको सचिवालय बैठकले उनलाई केन्द्रीय सदस्यबाट बखास्त गरेको हो । यद्यपि प्रचार विभागले जारी गरेको सूचनामा उनले दिएको राजीनामा स्विकृत भएको उल्लेख छ ।

बाहिर कारबाही भन्दा गलत सन्देश जाने भएकाले एमालेले राजीनामा स्विकृत भनेर बाहिर ल्याएको छ ।

फारुकी एमालेबाट प्रतिनिधिसभा तर्फका समानुपातिक सांसद हुन् । सांसद पद के हुने उल्लेख छैन् ।

पार्टी निकटको भातृ संगठन नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष समेत रहेका उनी कपिलवस्तुको कृष्णनगर निवासी हुन् ।

उनी काठमाडौंमा बढी बसोबास गर्छन् । एमालेको नवौं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य छन् ।

यस्तै सचिवालय बैठकले पार्टीका अर्का केन्द्रीय सदस्य ऐन महरलाई पनि बर्खास्त गरेको छ । महिलाकाण्डमा मुछिएका उनलाई कारबाही गरिएको हो । बझाङबाट २०७९ को प्रतिनिधिसभा सदस्यमा चुनाव लडेका उनी विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका हुन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८० शुक्रबार ००:००  ८ : ५५ बजे