११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

लुम्बिनीसहितका केही प्रदेशमा पानी पर्ने सम्भावना



काठमाडौं ।
आज चार वटा प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा अहिले पनि हल्का वर्षा र हिमपात भैरहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । देशका बाँकी पहाडी भूभागका थोरै ठाउँमा आज हल्का वर्षाको सम्भावना छ । नेपालमा पश्चिमी वायुको प्रभावका कारण हल्कादेखि मध्यम वर्षा भएको र आउँदो बिहीवारदेखि मौसम क्रमिक रुपमा सुधार हुँदै जाने उहाँले बताउनु भयो ।

आज काठमाण्डौ उपत्यकामा बिहानपख हुस्सु लागेकाले भिजिबिलिटी केही घटेको मौसमविद् मानन्धरले बताउनुभयो । तराई मधेसका केही क्षेत्रमा बिहानपख लाग्ने गरेको हुस्सु मौसमी प्रणालीकै कारण बिस्तारै हट्नेक्रममा रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८० मंगलबार ००:००  ९ : ५६ बजे