१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पेनाल्टीमा नेपाल ५-३ ले जोर्डनसँग पराजित



काठमाडौं । 

वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा नेपाली महिला राष्ट्रिय टिम जोर्डनसँग ५-३ ले पराजित भएको छ ।

साउदी अरेबियामा भएको आठौं संस्करणको वाफ च्याम्पियनसिपको फाइनलमा जोर्डनसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै नेपालले उपविजेतामै चित्त बुझायो । यो जितसँगै जोर्डनले छैठौंपटक वाफ च्याम्पियनसिपको उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटमा नेपाल र जोर्डनबीचको खेल २-२ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउट भएको थियो । जसमा जोर्डनले पाँचै पेनाल्टी गोलमा परिणत गरे पनि नेपालले भने ३ वटामात्र गोल गर्न सक्यो । नेपालका लागि गीता राना, दीपा शाही र हीराकुमारी भुजेलले गोल गरेका थिए । अमृता जैशीको पेनाल्टी जोर्डनकी गोलकिपरले बचाइन् । 

नेपाली राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारी वाफ वुमन्स च्याम्पियनसिपको सर्वाधिक गोलकर्ताको अवार्ड जितेकी छिन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८० शुक्रबार ००:००  ७ : १४ बजे