१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

टीकापुर नगरपालिकाका उपमेयर शाह निलम्बित



कैलाली ।

कैलालीको टीकापुर नगरपालिका उपप्रमुख खडकबहादुर शाह निलम्बित भएका छन् ।

टीकापुर जग्गा घोटाला काण्डमा अख्तियारले निलम्बन गरी जानकारी गराउनु भन्दै पत्र पठाएपछि कार्यपालिकाले उनलाई निलम्बन गरेको नगरपालिकाका सूचना अधिकारी देवीप्रसाद आचार्यले जानकारी दिए ।

यस अघि कैलालीको टीकापुर बजार क्षेत्रको ६ बिगाहा १८ कट्ठा १० धुर सरकारी जग्गा नक्कली कागजातका आधारमा व्यक्ति विशेषको नाममा हक हस्तान्तरण गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

जसमा अख्तियारले शाह सहितका २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । हालका उपमेयर शाह तत्कालीन नगर विकास समितिका बोर्ड सदस्य थिए ।  (नेपाल प्रेस)

प्रकाशित मिति : २० फाल्गुन २०८० आइतबार ००:००  १० : २१ बजे