१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राष्ट्रियसभा अध्यक्ष माओवादीलाई, उपाध्यक्ष एमालेले लिने



काठमाडौं । चारदलीय नवगठबन्धनमा राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष पद बाँडफाँटको सहमति भएको छ । सहमतिअनुसार अध्यक्ष नेकपा माओवादी केन्द्र र उपाध्यक्ष नेकपा एमालेले पाउने छन् । एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच भएको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादीले लिनेछ भने उपाध्यक्ष एमालेले पाउनेछ । ८ बुँदे सहमतिपत्रको बुँदा नम्बर २ मा उक्त कुरा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८० मंगलबार ००:००  ७ : ०३ बजे