१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राष्ट्रियसभा अध्यक्षमा कांग्रेसले उम्मेदवारी दिने



काठमाडौं ।

नेपाली कांग्रेसले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने भएको छ । यसका लागि पार्टीभित्र छलफल सुरु भएको छ ।

शनिबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

बैठकमा राष्ट्रियसभा अध्यक्षमा पार्टीको तर्फबाट उम्मेदवारी दिने निर्णय भएको छ । राष्ट्रियसभा अध्यक्षको उम्मेदवारीका लागि अन्य दलहरूसँग पनि छलफल खुला गरिएको छ ।

अध्यक्षमा कसलाई उम्मेदवार बनाउने भन्ने भने टुंगो लागिसकेको छैन । राष्ट्रियसभाको अध्यक्षका लागि आउँदो २८ उम्मेदवारी दर्ता गर्ने र २९ गते मतदान हुने कार्यतालिका छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८० शनिबार ००:००  १ : २९ बजे