२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

गुल्मीमा माओवादी केन्द्रलाई धक्का, पालिका कमिटीका दुई अध्यक्ष एमालेमा प्रवेश



गुल्मी ।
गुल्मीमा नेकपा माओवादी केन्द्रबाट २ जना गाउँ कमिटी अध्यक्ष एमालेमा प्रवेश गरेका छन् । शनिवार नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटी अध्यक्ष युवराज खरेल र चन्द्रकोट गाउँ कमिटी अध्यक्ष नवीन केसी एमालेमा प्रवेश गरेका हुन् ।

एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले उनीहरूलाई एमालेमा स्वागत गरेका छन् । लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनको कार्यक्रममा उनीहरूलाई एमाले उपाध्यक्ष बादल सहितका केन्द्रीय नेताले एमालेमा स्वागत गरेका हुन् । एमाले प्रवेश गर्दै चन्द्रकोट गाउँ कमिटीका अध्यक्ष केसीले कम्युनिस्ट शक्ति एक हुनुको विकल्प नरहेको बताए । त्यसैका लागि आफू एमालेमा प्रवेश गरेको उनले बताए।

प्रकाशित मिति : २६ फाल्गुन २०८० शनिबार ००:००  ४ : २३ बजे