१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

आयरल्यान्ड ‘ए’ विरुद्ध खेल्ने नेपाली टोली घोषणा



काठमाडौँ ।
आयरल्यान्ड ‘ए’ सँग घरेलु मैदानमा हुन लागेको टी-२० शृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले टोली घोषणा गरेको छ।

रोहितकुमार पौडेलको कप्तानीमा क्यानले १५ सदस्सीय टोली घोषणा गरिएको हो।

नेपालले आईसीसी टी २० विश्वकपको तयारीस्वरुप आयरल्यान्ड ‘ए’ शृंखला खेल्न लागेको हो।

त्रिवि क्रिकेट मैदान कीर्तुपमा हुने शृंखलामा सिनियर टोलीले आयरल्यान्ड ‘ए’ सँग चैत ११ र १२ गते टी-२० खेल खेल्ने छ।

आयरल्यान्डसँग खेलेको टोलीले भारत गएर बरोडा र गुजरातसँग ४ टी-२० खेल्ने भएको छ।

सिनियर टोलीले भारतमा व्यस्ता हुँदा नेपाल ‘ए’ टोलीले आयरल्यान्डसँग चैत १५, १६ र १८ गते ३ खेलको एक दिवसीय खेल्ने भएको छ।

चैत तेस्रो साता एक दिवसीय शृंखला गरिने भएको छ। त्यो श्रृंखलाको पहिलो खेल चैत २१, दोस्रो खेल चैत २३ र तेस्रो खेल २५ गते हुने तय भएको छ।

टोली
रोहित पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, अनिल साह, गुलशनकुमार झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सोमपाल कामी, करण केसी, प्रतिश जीसी, अविनाश बोहरा, आकाश चन्द, सन्दीप जोरा र विवेक यादव।

प्रकाशित मिति : ७ चैत्र २०८० बुधबार ००:००  १ : २० बजे