२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

शिवराजले भन्योः सबै सामुदायिक विद्यालयमा अनिवार्य अंग्रेजी कक्षा सञ्चालन गर्नू



मायादेवी अनलाइन, चन्द्रौटा ।
कक्षा १२ सम्म निशुल्क शिक्षाको अवधारणा लिएर अगाडि बढेको शिवराज नगरपालिकाले सबै सामुदायिक विद्यालयमा अनिवार्य अंग्रेजी कक्षा पढाउन निर्देशन दिएको छ ।

यही चैत्र १५ गते बसेको नगर शिक्षा समितिको बैठकले नगर भित्रका सबै सामुदायिक विद्यालयमा अनिवार्य अंग्रेजी कक्षा अध्ययन गराउन निर्देशन दिएको नगरप्रमुख अजय थापाले जानकारी दिए ।

सबै सामुदायिक विद्यालयहरूले अनिवार्यरूपमा तल्लो कक्षा देखि अंग्रेजी कक्षा सञ्चालन गर्न पत्र मार्फत जानकारी गराइएको नगरप्रमुख थापाले बताए ।

उनले भने, ”सामुदायिक विद्यालयहरूले अंग्रेजी कक्षा लागू गरे नगरेको अनुगमन गरिने छ ।”

शिवराज नगरपालिकामा रु. ८ करोड ३२ लाख बराबरको बजेट शिक्षा क्षेत्रका लागि छुट्याइएको छ । आगामी आव ०८०/०८१ को लागि नगरको समग्र बजेटको ६ दशमलव ५ प्रतिशत शिक्षा क्षेत्रमा छुट्याइएको हो ।

प्रकाशित मिति : १७ चैत्र २०८० शनिबार ००:००  ७ : १५ बजे