१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

तिलौराकोट गोल्डकप : ब्लड क्यान्सरलाई जितेका राष्ट्रिय खेलाडी प्रिजनलाई सहयोग



मायादेवी अनलाइन ।
ब्लड क्यान्सरलाई जितेर खेलमा फर्किएका राष्ट्रिय फुटवल खेलाडी प्रिजन तामाङलाई कपिलवस्तुमा आर्थिक सहयोग गरिएको छ । प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपमा बुधवार उनलाई नगद ५१ हजार रुपैया फुटवल संघ कपिलवस्तुका अध्यक्ष तिलक थापाले हस्तान्तरण गरेका थिए ।
उनी थ्रीस्टार क्लवका एक महत्वपूर्ण खेलाडी हुन् । हिजो भएको खेलमा उनी टिममा सहभागी थिए । उनले अन्तराष्ट्रिय स्तरका विभिन्न खेल समेत खेलेको बताइएको छ ।
तामाङलाई ब्लड क्यान्सर भएपछि उनी लामो समय खेलमा सहभागी हुन सकेनन् । हालै मात्र उनी खेलमा फर्किएका छन् ।
उनले ब्लड क्यान्सलाई जितेर खेलमा फर्किएका उनलाई हौसला र मनोबल उच्च बनाउन थप सहयोग गरिएको हो । यसले उनलाई खेल जीवनमा उत्साह र उर्जा थप्ने आयोजकले विश्वास गरेका छन् ।
तामाङलाई स्थानीय संघसंस्था र व्यक्तिगतरुपमा सहयोग संकलन गरि आयोजकले सहयोग रकम हस्तान्तरण गरेका हुन् । रोटरी क्लव, सिद्धार्थ सामाजिक विकास केन्द्र, एनएमबी बैंकका कर्मचारी, कपिलवस्तु जिल्ला फुटवल संघ, समाजसेवी युवा लगाएतले आर्थिक सहयोग जुटाएको शुशिल सिंहले मायादेवी अनलाइनलाईृ जानकारी दिए ।

प्रकाशित मिति : २२ चैत्र २०८० बिहिबार ००:००  ७ : ३२ बजे