१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

कपिलवस्तुको बाणगंगामा महिला र पुरुष मृत फेला



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगाको एक जंगलमा महिला र पुरुष मृत अवस्थामा फेला परेका छन् ।

बाणगंगा नगरपालिका वडा नं. २ कप्टैयास्थित जङ्गलमा महिला र पुरुषको शव मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल रायमाझीले जानकारी दिए ।

मृतक पुरुष कप्टैयाकै स्थानीय ५० वर्षीय विष्णु प्रसाद घिमिरे र मृतक महिला कञ्चन गाउँपालिका- ५ निवासी ४५ वर्षीया यमकला राना भएको खुलेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूको शव नजिकै शंकास्पद विषादी फेला परेको थियो ।

उनीहरूले उक्त विषादी सेवन गरेको हुन सक्ने प्रहरीको अनुमान छ । शवलाई पोस्टमार्टमका लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८० आइतबार ००:००  १२ : ३७ बजे