१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

यान्त्रिक प्रविधिबाट अग्नि नियन्त्रण गर्दै सामुदायिक बन



बाबुराम रायमाझी, भलवाड ।

बनमा आगलागीका घटना बढिरहेकाबेला प्रविधीकोे प्रयोगगरेर आगलागीको नियन्त्रणको उपाय अवलम्बन गर्न थालिएको छ । २।३ महिना बनजंगलमा आगलागीको जोखिम बढ्ने भएकाले सामुदायिक बनहरुले यतिवेला विभिन्न उपायहरु अपनाएका हुन्छन् । चैत्र महिना देखि बढि बनडढेलो हुने भएकाले यसको सचेतना र सतर्कता सहित बनडढेलो नियन्त्रणमा सामुदायिक बनहरु सकृय हुन्छन् ।
कपिलवस्तुको वाणगंगा ९ स्थित खुतखुते सामुदायिक बन उपभोक्ता समुह भर्लाबासले गर्मी र हावाहुरीको समयमा हुने आगलागी नियन्त्रणका लागी एअर बोलर सम्बन्धि यान्त्रिक उपकरण प्रयोग गरि सामुदायिक बनको अग्नि नियन्त्रणमा जुटेको छ । आगलागी नियन्त्रण कामको शुभाराम्भ वडा अध्यक्ष कमल पौडेल, लुम्बिनी प्रदेश बैज्ञानिक बन ब्यबस्थापन समिका अध्यक्ष दिपक कुमार थापा र समुहका अध्यक्ष भिम बहादुर पुनले संयुक्त रूपमा गर्नुभएको थियो ।
खुतखुते सामुदायिक वन अर्घाखाँचीको सिमाना पर्ने बन हो । यो बन अन्य सामुदायिक बन भन्दा अति जोखिमयुक्त बन भएकोले सुख्खा समयमा यस क्षेत्रमा वढि डढेलो लाग्ने गर्दछ । त्यसैले बनको संरक्षणमा विशेष सावधानी अपनाउनु परेको खुतखुते सामुदायिक बनका अध्यक्ष भिम बहादुर पुनले बताउनु भयो ।

प्रकाशित मिति : ३० चैत्र २०८० शुक्रबार ००:००  ७ : १२ बजे