१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

लुम्बिनी भिजन कलेजको बिबिए नतिजा प्रदेशकै उत्कृष्ट



कपिलवस्तु।
बिबिए संचालनको पहिलो ब्याचको पहिलो सेमष्टरको नतिजामा लुम्बिनी भिजन कलेजले प्रदेशमै उत्कृष्ट नतिजा हासिल गरेको छ । हालै मात्र प्रकाशन भएको बिबिए प्रथम सेमेष्टरको नतिजामा लुम्बिनी भिजन कलेज प्रदेशकै उत्कृष्ट भएको क्याम्पसले बताएको छ ।

जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ३ गंगौलीयामा स्थापित लुम्बिनी भिजन कलेज अन्र्तगतको श्रीनगर इन्टिग्रेटेड कलेजमा बिबिए तर्फको पहिलो सेमेस्टरको नजिता प्रकाशन भएको हो ।

यस कलेजबाट कुल २६ जना विद्यार्थी सहभागी रहेको उक्त परीक्षामा ७ जनाले विशिष्ट श्रेणीको नतिजा हात पारेका छन् भने शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएको क्याम्पसका बिबिए कार्यक्रम संयोजक नारायण बेल्बासेले जानकारी दिएका छन् ।

बिबिए फस्ट सेमष्टरमा विद्यार्थी नमुना अधिकारीले ३ दशमलव ८ जिपिएसहित प्रदेशमै सर्वोत्कृष्ट अंक प्राप्त गरेको क्याम्पस प्रमुख सुन्दर पाण्डेको दाबी छ ।

कलेजले स्थापनाको सुरुवातमै आफ्नो फरक पहिचानसहित स्थापित भएकाले अहिले यहाँ बिबिएका लागि विद्यार्थीहरुको रोजाइ समेत बन्ने गरेको छ । बिबिए कक्षा संचालन गरी बुटवल लगाएतका क्षेत्रमा सोही विषय अध्ययनका लागि जानुपर्ने बाध्यता समेत लुम्बिनी भिजन कलेजले समाधान गरिदिएको छ ।

बिबिएकै पहिलो सेमेष्टरका पहिलो ब्याचबाट सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल हुनु आफैमा गौरवको कुरा रहेको क्याम्पसका सिईओ. कृष्ण के.सीले बताएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालय अन्र्तगतको बिबिए कक्षा संचालन गरेको लुम्बिनी भिजन कलेजले बिबिए प्रोग्राम लाई बढी प्राथमिकता समेत दिएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८१ बिहिबार ००:००  ३ : ४२ बजे