१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

पन्थी परिवारको राजनैतिक, सामाजिक रुपान्तरणमा उल्लेख्य योगदान : नेता भट्टराई



कपिलवस्तु ।
नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तुले स्वर्गीय इन्द्रकुमारी पन्थीको ७ औं दिनको पूण्यतिथीको अवसरमा पन्थी निवास लक्ष्मीनगर बुटवलमा शोक सभा सम्पन्न गरेको छ ।

स्व. इन्द्रकुमारी पन्थीले नेपाली राजनैतिक, सामाजिक, साँस्कृतिक, आर्थिक परिवर्तनका निम्ति निकै महत्वपूर्ण योगदान पु¥याउनु भएको नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य एवम् कपिलवस्तु इन्चार्ज खिमलाल भट्टराईले चर्चा गर्नुभयो । युवा नेता भट्टराईले स्व. इन्द्रकुमारी पन्थीका अनुकरणीय कार्यलाई पार्टीले आत्मसाथ गर्ने बताउनुभयो ।

एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले स्व. इन्द्रकुमारी पन्थीको असल मार्गनिर्देशसंगै परिवारलाई उचित शिक्षा, दिक्षा दिदा राजनैतिक, आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रमा सक्षम बन्न सकेको धारणा राख्नुभयो । श्रद्धाञ्जली सभामा स्व.इन्द्रकुमारी पन्थी प्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै उहाँको तस्वीरमा माल्यापर्ण गरिएको थियो ।

इन्द्रकुमारी पन्थी नेकपा (एमाले) केन्द्रिय लेखा आयोगका उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी, शैक्षिक ब्यक्तित्व हिमालय पन्थी, छोरीहरु सीता, सरस्वती र मनुकी ममतामयी माता हुनुहुन्छ ।

श्रद्धाञ्जली सभामा पार्टीका केन्द्रिय नेता, प्रदेश सभा सदस्य, नगर प्रमुख, प्रदेश तथा जिल्ला स्तरका नेता, कार्यकर्ता, शुभेच्छुक एवम् स्थानियबासीको उपस्थिती रहेको थियो । श्रद्धाञ्जली सभा एमाले कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माको अध्यक्षता, सचिव सिवि गहतराजको संचालनमा सम्पन्न कार्यक्रममा एमाले बाणगंगा नगर कमिटी अध्यक्ष यूवराज पोख्रेलले जीवनी बाचन गर्नुभएको थियो ।

शोक सभा बुटवलस्थित लक्ष्मीनगरमा विहीबार सम्पन्न भएकोे एमाले जिल्ला प्रचार तथा प्रकाशन विभाग, कपिलवस्तुले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८१ बिहिबार ००:००  ४ : ५३ बजे