२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

इरानमा हमला भएकै दिन तेलको मूल्य ३ प्रतिशत बढ्यो



काठमाडौं ।
विश्वबजारको महत्वपूर्ण तेल निर्यातकर्ता इरानमाथि इजरायलले मिसाइल आक्रमण गरेकै दिन शुक्रबार विश्वबजारमा कच्चा तेलको मूल्य तीन प्रतिशत बढेको छ । यससँगै बजारमा तेलको अभाव खड्किन सक्ने चिन्ता प्रकट हुन थालेको छ ।

शुक्रबार एसियामा कच्चा तेलको मूल्य ३ प्रतिशतले बढेको बीबीसीले जनाएको छ । यो वृद्धिसँगै कच्चा तेलको मूल्य प्रतिब्यारेल झण्डै ९० डलर पुगेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार इजरायल-इरान तनावसँगै मध्यपूर्वको तेल आपूर्ति अवरुद्ध हुन सक्ने चिन्ता छाएको छ ।

तेलजस्तै सुनको मूल्यले पनि नयाँ कीर्तिमान छोएर प्रति औंस २४ सय डलर पुगेको अन्तराष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

इरानको ड्रोन र मिसाइल आक्रमणपछि इजरायलले इरानमाथि शुक्रबार मिसाइल प्रहार गरेको छ । यो सँगै लगानीकर्ताहरू त्रसित बनेका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८१ शुक्रबार ००:००  ११ : २१ बजे