४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

एमाले कपिलवस्तुको दशौं अधिवेशनको तयारी पूरा



कपिलवस्तु ।
बुधबारदेखि सुरु हुने नेकपा एमाले कपिलवस्तुको दशौं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ ।

जिल्लाको चन्द्रौटामा हुने लागेको जिल्ला अधिवेशन विहीबारसम्म चल्ने पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिए ।

अधिवेशनको उद्घाटनका लागि पूर्व प्रधानमन्त्री एवं पाटीका अध्यक्ष केपी शर्मा ओली आउने कार्यक्रम तय भएको छ ।

अध्यक्ष ओली आउने भएपछि जिल्लाबासीमा उत्साह थपिएको एमालेले जनाएको छ ।

बुधबार अधिवेशन उद्घाटन हुने र विहीबार नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्ने पार्टीले जनाएको छ ।

अधिवेशनको जिल्ला अध्यक्षका लागि वर्तमान अध्यक्ष डम्मर शर्मा, बाबुराम खनाल र विश्राम प्रसाद थारु प्रतिस्पर्धामा देखिएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८१ मंगलबार ००:००  ९ : ०९ बजे