४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

एमाले कपिलवस्तु अध्यक्षमा डम्बर शर्मा पराजित, बाबुराम खनाल विजयी



मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (एमाले) कपिलवस्तुको अध्यक्षमा बाबुराम खनाल निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा निवर्तमान अध्यक्ष डम्बर शर्मालाई पराजित गर्दै खनाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित भएका खनालले २ सय ७८ मत प्राप्त गरे । शर्माले भने २ सय ५३ मत प्राप्त गरेका छन् ।

निकै प्रतिस्पर्धात्मक निर्वाचनमा खनालले अध्यक्षमा बाजी मारेका हुन् ।

यस्तै उपाध्यक्षमा शंकर पाण्डे विजयी हुँदा भेषराज पाण्डे पराजित भएका छन् ।

शंकरले उपाध्यक्षमा ३ सय १२ मत पाउँदा भेषराजले २ सय १ मत पाएका छन् ।

सचिवमा सिबी गहतराजले ३ सय ४ मत ल्याएर विजयी हुँदा विश्व कार्की २ सय १२ मत ल्याएर पराजित भएका छन् ।

यस्तै उप सचिवमा देवी प्रसाद पोख्रल विजयी भएका छन् । उनले अरु ५ जना प्रतिस्पर्धीलाई पराजित गरेका हुन्।

सदस्य पदको मतगणना जारी रहेको पत्रकार हरि अधिकारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८१ शुक्रबार ००:००  ७ : ४० बजे