३० जेष्ठ २०८१, बुधबार | Thu Jun 13 2024

कोलकोत्तालाई तेस्रो पटक आइपिएलको उपाधि



काठमाडौँ ।
१७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधिका कोलकोत्ता नाइट राइडर्सले जितेको छ।

आइतबार चेन्नईस्थित एमए चिदम्बरम् क्रिकेट स्टेडियममा भएको खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै उपाधि चुमेको हो।

टस जितेर पहिला ब्याटिङमा उत्रेको हैदरावाद १८.३ ओभरमा ११३ रन बनाउँदै अलआउट भयो। जवाफमा कोलकोत्ताले १०.३ ओभरभित्रै २ विकेट गुमाएर टार्गेट भेटाउन सक्यो।

यो जितसँगै कोलकोत्ताले तेस्रोपटक आइपिएलको उपाधि उचाल्न सफल भएको छ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१ आइतबार ००:००  १० : ५१ बजे