१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बढ्यो मिर्गौला तथा कलेजो प्रत्यारोपण गर्नेको सङ्ख्या



काठमाडौँ ।
चालु आर्थिक वर्षको फागुनसम्म गत वर्षको तुलनामा ६९ जना बढीले मिर्गौला र १४ बढीले कलेजो प्रत्यारोपण गरेका छन् ।

आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार चालु आर्थिक वर्षको फागुनसम्म १९४ बिरामीमा मिर्गौला र १५ बिरामीमा कलेजो प्रत्यारोपण गरेका हुन् ।

उनीहरूले विभिन्न सार्वजनिक स्वास्थ्य संस्थाबाट मिर्गौला र कलेजो प्रत्यारोपण गरेको आर्थिक सर्वेक्षण मा उल्लेख छ ।

गत आर्थिक वर्षको फागुनसम्म १२५ बिरामीको मिर्गौला प्रत्यारोपण र १ बिरामीको कलेजो प्रत्यारोपण गरेका थिए । आर्थिक वर्ष २०७९र८० सम्ममा ३०२ बिरामीमा मिर्गौला र ४ बिरामीमा कलेजो प्रत्यारोपण गरेको सर्वेक्षणमा उल्लेख छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१ सोमबार ००:००  ११ : १५ बजे