१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

स्थानीय सरोकारवालालाई संबाद सम्बन्धी अभिमुखीकरण



बाबुराम रायमाझी, बाणगंगा ।
स्थानीय स्तरमा संवाद संचालन सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम भलवाडमा सम्पन्न भएको छ । बाणगंगा- ९ भलवाडमा गठन भएको संवाद सहयोग समितिका पदाधिकारीलाई संवाद संचालन प्रकृयाबारे अभिमुखिकरण गरिएको हो ।

उत्थानशील समुदाय विकासको लागि समावेशी जीविकोपार्जन तथा शिक्षा सबलीकरण कार्यक्रम (बिलिफ) अन्तरगत संवाद कक्षा संचालन हुन लागेको बरिष्ठ कार्यक्रम संयोजक आरटी खानले जानकारी दिनुभयो ।

सिद्धार्थ सामाजिक विकास केन्द्रको सहयोग, स्ट्रोमा फाउण्डेशन नेपालको सहयोग तथा बाणगंगा नगरपालिकाको समन्वयमा उक्त कार्यक्रम बाणगंगा नगरपालिकाको वडा न. ७, ८ र ९ मा संचालित छ ।

कार्यक्रम २०२४ देखि २०२८ सम्म संचालन हुने विलिफ कार्यक्रमको अवधारणा बारे कार्यक्रम प्रमुख प्रकाश घिमिरे जानकारी दिनुभयो । कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका पूर्व अध्यक्ष तेज प्रसाद आचार्य, वडा अध्यक्ष कमल पौडेल लगाएतले समुदायको आर्थिक सामाजिक सशक्तिकरणमा कार्यक्रमले प्रत्यक्ष टेवा पूग्ने बताएका थिए ।

विगतका वर्षदेखि नै संस्थाले सामाजिक क्षेत्रमा काम गर्दै वडाको शैक्षिक, आर्थिक तथा सामाजिक विकासमा अहम भूमिका खेल्दै आएको बताइएको थियो ।

२५ जनाको सहभागीता रहेको कार्यक्रममा सामाजिक परिचालक भावना सेनको संहजीकरण रहेको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१ सोमबार ००:००  ६ : ५० बजे