१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तुमा जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाइयो



तौलिहवा । कपिलवस्तुमा जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस २०८१ तौलिहवामा मनाइएको छ । दलित सामाजिक विकास केन्द्रको आयोजना र आईएम स्वीडिस डेभलपमेन्ट पार्टनरको सहयोगमा संचालित हाम्रो शक्ति परियोजना र यूनेस्कोको निमित्त नेपाल राट्रिय आयोगको सचिवालयद्धारा संचालित स्थानिय सरकार संगको पैरवी परियोजना अन्तरगत जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस २०८१ कपिलवस्तु नगरपालिकाको सहकार्यमा मनाइएको हो ।

दलित सामाजिक विकास केन्द्रकि अध्यक्ष सुरजमति पासीको अध्यक्षता, प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक बाबुराम आचार्य, जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकृत भरत शाही, कपिलवस्तु नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ, गैसस महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष जीत कुमारी बेल्वासे, कपिलवस्तु शाखा अध्यक्ष जय प्रकाश पाण्डे, प्रवीण कुमार श्रीवस्ताव, यूएमएनका निमित्त टिम लिडर मेल्सन श्रेष्ठ लगायतको प्रतिनिधित्व रहेको थियो । कपिलवस्तु र महाराजगंज नगरपालिका, यशोधरा र मायादेवी गाउँपालिका समुदायका महिला, पुरुष, किशोर किशोरीहरुको सहभागितामा सम्पन्न कार्यक्रममा विषयगत छलफल भएको थियो । समुदायले उठाएका विभिन्न विषयहरुमा सरोकारवालाहरुले जवाफ दिएका थिए । किशोरकिशोरी, महिलाहरुले आफ्नो अधिकारको लागि अझैपनि आवाज उठाउनु परेको बताएका थिए। जातिय विभेदको स्वरुप फरक हुदै गएको विषय औल्याइएको थियो । जातीय विभेद र छुवाछुत यो समाजबाट हटाउनु पर्नेमा सवैको भूमिका हुनु पर्ने सरोकारवालाहरुले राखेका थिए ।

अभियन्ता संजय कुमार पासीले दलित समुदायमा शिक्षा, स्वास्थ्य र आर्थिक अवस्था साथै सामाजिक न्यायमा अझै सहयोग गर्नु पर्ने आवश्यकता रहेको बताउनुभयो । उक्त कार्यक्रम हाम्रो शक्ति परियोजनाका कार्यक्रम संयोजक धन कुमारी चौधरीले संचालन गर्नु भएको साथै दलित समुदायको अवस्था संस्थाका कार्यकारी निर्देशक राम शरन रैदासले प्रस्तुतीकरण गर्नु भएको थियो भने कार्यक्रमको उद्देश्य तथा स्वागत बरिष्ट परियोजना संयोजक गोविन्द धवलले गर्नु भएको थियो ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१ शुक्रबार ००:००  १२ : ११ बजे