१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

संस्थाद्धारा विश्व वातावरण दिवस मनाइयो



कपिलवस्तु ।
दलित सामाजिक विकास केन्द्र द्धारा संचालित हाम्रो पहुँच, जीवन सुधार र हाम्रो शक्ति परियोजनाद्धारा कपिलवस्तुका ३ वटा पालिकामा विश्व वातावरण दिवस मनाइएको छ । जिल्लाको यशोधरा, महाराजगंज र कपिलवस्तु नगरपालिकामा विश्व वातावरणको अवसरमा बृक्षारोपण तथा गाउँ टोल सरसफाई कार्यक्रम गरी दिवस मनाइएको हो ।
संस्था र यूएमएनको सहयोगमा संचालित जीवन सुधार परियोजना अन्तरगत यशोधरा गाउँपालिका ३ बसन्तपुरको पोखरीमा वडा अध्यक्ष सरिता त्रिपाठी, सामाजिक विकास अधिकृत कृष्णनाथ पाण्डे लगायतका जनप्रतिनिधि सहितको सहभागितामा पोखरीको चारैतिरको डिलमा बृक्षरोपण गरिएको थियो । भूमि पुर्नस्थापना, मरुभूमिकरण र खडेरी विरुद्ध लड्न उत्थानशील समुदाय भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन्न भएको थियो।
त्यसै गरी सोही पालिकामा संस्था र केएन एच द्धारा संचालित हाम्रो पहुँच परियोजना अन्तरगत स्थानिय नारा “वातावरणीय अनुकुलनके एक दबाई, बृक्षारोपण अउर सरसफाई ”को साथमा वडा नं ८ मा रहेको खुशी महिला संजाल तथा श्री राष्ट्रिय मावि सिहोखोरको संयुक्त आयोजनामा विद्यालयको प्रागडमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा वातावरणीय प्रतिकुलनका कारण, त्यसवाट पर्ने असर तथा वातावरणीय संतुलनका लागि वृक्षारोपण र हराभरा वातावरणको महत्वको विषयमा छलफल तथा जानकारी आदान प्रदान गरिएको छ ।
आईएम स्वीडिस द्धारा संचालित हाम्रो शक्ति परियोजना अन्र्तगत कपिलवस्तु नगरपालिकाका वडा नं४,५,८, १२ र महाराजगंज नगरपालिकाको वडा नं २ र ८ मा स्थानिय नारा हाम्रो धर्ती हाम्रो भविष्य, सव रोग काय एक दवाई गाउँ घर रखो सरसफाईको साथ विश्व वातावरण दिवसको सन्दर्भमा रैली साथ सामुहिक सरसफाई गर्दै दिवस मनाएको छ ।
वडा नं ४ का वडा अध्यक्ष रविन्द्र प्रसाद तिवारी विभिन्न वडाका जनप्रतिनिधिहरुले समेत सरसफाईमा सकृय सहभागिता जनाउनु भएको छ । यी कार्यक्रम दलित सामाजिक विकास केन्द्रले दिवसियको रुपमा मात्र मात्र नभई समुदायमा गठित विभिन्न आत्म निर्भर महिला समुह, किशोरीकिशोर समुह, विपद् ब्यवस्थापन समितिहरुले मिलेर कार्यहरु नियमित पनि गर्ने गर्दछौ संस्थाकी अध्यक्ष सुरजमति पासीले जानकारी दिनु भएको छ । संस्था द्धारा संचालित कार्यक्रम संयोजक रमेश कुर्मी गोविन्द धवल धनकुमारी चौधरी विन्दवासिनी हरिजन लगायत सुपरभाइजर परशुराम केशवल खनाल, लग्गन हरिजन र इन्द्रेश चौधरीको सहजीकरण रहेको थियो ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१ शुक्रबार ००:००  १२ : ३४ बजे