३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

झोलुंगे पुलमा अड्किएका ११ खच्चडको उद्धार, दुईकाे मृत्यु 



अछाम । कर्णाली नदीमा रहेको झोलुंगे पुलको जाली लत्रिँदा बीचभागमै अड्किएका ११ खच्चडको जीवितै उद्धार गरिएको छ। दुई खच्चडको भने मृत्यु भएको छ।

अछामको पञ्चदेवल विनायक नगरपालिका– ९ कालेकाँडा र दैलेखको आठबिस नगरपालिका– ६ खिड्कीजिउला जोड्ने झोलुंगे पुलको जाली लत्रिएपछि आज बिहानदेखि १३ खच्चड पुलको बीचभागमा अड्किएका थिए। खच्चडलाई पुलको जाली काटेर कर्णालीमा खसाली उद्धार गरिएको अछामका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।

पुलको दाहिनेतर्फको जाली लत्रिएको थियो । खुट्टा जालीभित्र पसेपछि खच्चड पुलमा अड्किएका थिए । पुलको दाहिनेतर्फको भाग पुरै बांगाे भएको छ। उद्धारमा अछामस्थित नेपाली सेनाको गोरख बक्स गणको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासी खटिएका थिए। 

प्रकाशित मिति : २७ जेष्ठ २०८१ आइतबार ००:००  ४ : १६ बजे