६ असार २०८३, शनिबार | Sat Jun 20 2026

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङमा ५ कम्पनीबीच प्रतिस्पर्धा



काठमाडौँ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङमा ५ वटा कम्पनीबीच प्रतिस्पर्धा हुने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालबाट अन्तर्राष्ट्रिय उडान अनुमति लिएका कम्पनीबीच प्रतिस्पर्धा गराई व्यवसायीक ग्राउन्ड ह्यान्डिलिङ दिने तयारी गरेको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको निर्णयनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई संचालन आधार बनाई नियमित उडान सेवा सुरु गर्ने शर्तमा ग्राउन्ड ह्यान्डलिङ सेवा दिन प्राधिकरणले जनाएको छ।

नेपाल वायुसेवा निगमले हाल विमानस्थलको व्यवसायीक ग्राउन्ड ह्यान्डिलिङ गर्दै आएको छ। अब वायुसेवा निगमबाहेक हिमालय एयरलाइन्स, बुद्ध एयर, श्री एयरलाइन्स र यति एयरलाइन्सले पनि प्रतिस्पर्धा गर्न पाउने भएका हुन्।

‘प्राधिकरणबाट अन्तर्राष्ट्रिय उडान अनुमति तथा प्रमाणपत्र प्राप्त नेपाली वायुसेवा सञ्चालन संस्थाहरुबाट प्रस्ताव आब्हान हुनेछ,’ प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ।

नेपालबाट नियमिति रुपमा अन्तर्राष्ट्रिय उडान गरिरहेको हिमालय एयरलाइन्सले गौतमबुद्ध विमानस्थलको ग्राउन्ड ह्यान्डिलिङ सेवा लिन खोजेको थियो।

उड्डयन प्राधिकरणलेसमेत निजी क्षेत्रलाई ग्राउन्ड ह्यान्डिलिङबाट सेवा दिने बताउँदै आएको थियो।

प्रकाशित मिति : ३० जेष्ठ २०८१ बुधबार ००:००  १२ : ५२ बजे