२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

गोलीगाँठो मर्किने कारण र उपचारका घरेलु उपाय



एजेन्सी ।
गोलिगाँठोलाई स्थिर राख्ने एउटा वा धेरै तन्तुहरु तन्किएर वा च्यातिएर (पूर्ण वा आंशिक रूपले) गोलिगाँठो मर्किने गर्छ। सामान्यतया हामीले हिँड्ने वा उभिने क्रममा खुट्टाको सन्तुलन गुमाउँदा जोर्नी अत्याधिक रुपले तन्किन्छ। धेरै हिँड्दा बढी हलचल हुन्छ वा त्यसको सन्तुलन भन्दा बढी मोडिन्छ, त्योबेला यो मर्किन्छ र सुन्निन्छ। जसले दुखाइका साथै जोर्नीमा क्षति पुर्याउँछ।

दुखाई : चोट लागेको क्षेत्रमा तिखो वस्तुले घोचेको अनुभव हुन्छ। चलाउँदा वा हिँड्दा दुख्छ।

सुन्निने र घाउ भएको अवस्था सानो रक्तनली फुट्छ, जसले गर्दा चोट लागेको स्थानमा रक्त केशिका रातो हुने, सुन्निने र त्यो ठाउँमा घाउ हुने पनि हुन्छ।

आवश्यक परेमा जँचाएर दुखाई कम गर्ने औषधि लिन सकिन्छ :

स्याहार
चोट लागको हात वा खुट्टालाई आराम दिनुहोस्। ताकि अझ धेरै चोट नलागोस् र छिटो निको होस् । पहिलो ४८ घण्टाको लागि चोट लागेको हातखुट्टाबाट कुनैपनि काम नगर्नुहोस्। चोट लागेको ४८ घण्टा पछि क्रमिक रुपमा हलचल सुरु गर्नुहोस् र यो हलचलको मात्रा गोलिगाँठाको अस्वस्थाको आधारमा मिलाउनुहोस् र यदि दुखेको महशुस भएमा रोक्नुहोस्।

चोट लागेको हातखुट्टालाई उचालेर राख्नुहोस्। जसले गर्दा यो सुन्निन पाउँदैन ।

चोट लागे पछि चोट लागेको हातखुट्टालाई उचालेर आरामसँग राख्नुहोस् ्र बस्दा वा सुत्दा चोट लागेको हातखुट्टालाई उचाल्न १(२ ओटा सिरानी प्रायोग गर्नुहोस्। जसले गर्दा लिम्फेटिक रक्तसंचार भएर सुन्निने कम हुन्छ।

सुन्निन र दुखाई कम गर्न आइस ९बरफ० को प्रयोग गर्नुहोस् ।

चोट लागेको हातखुट्टा रातो भएमा, सुन्निएमा र दुखिरहेमा चोट लागे पछिको पहिलो २ दिन बरफको प्रयोग गर्नुहोस् ।

बरफलाई एउटा प्लास्टिकको ब्यागभित्र ख्नुहोस र त्यस्लाई एउटा तौलियाले बेहर्नुहोस् । त्यसपछि त्यो चोट लागेको स्थानमा राख्नुहोस र बरफलाई सिधै छालामा नलगाउनु होस्।

बरफ हरेक २-४ घण्टामा लगाइरख्नु होस्, प्रत्येक पल्ट १५-२० मिनट लगाई राख्नुहोस्।

हलचल गर्न नदिन र हातखुट्टालाई आड दिन पट्टि बाँध्नुहोस् र आराम गर्नुहोस्।

उपचार

यदि दुखाइ धेरै नै छ र सुन्निएको छ भने नजिकको स्वास्थ्य संस्थामा जानुहोस्। सामान्यतया परम्परागत रुपमा गर्ने भएको मर्किएको वा फ्याक्चर भएको ठाउँमा प्लास्टर गर्ने गरिन्छ। चारदेखि ६ हप्तासम्म राखिन्छ। असर परेको खुट्टाले भुइँमा टेक्नुहुँदैन । हिँड्दा वैशाखीको सहारा लिनुपर्छ। प्लास्टर खोलेपछि भने फिजियोथेरापी जरुरी हुन्छ।

पट्टी लगाउँदा ध्यान दिनुपर्ने कुराहरु
१. तन्किने (इलास्टिक) मोजा चोट लागेको भागलाई दुई तह भएको मोजाको बिचमा राखू होस् र पैतालाको टुप्पोको भागहरु देखिने गरि लगाउनुहोस्। ताकि रक्तसंचार भएको नभएको सजिलोसँग देखिन सकोस्। मोजालाई मनतातो पानी (करिब ४० डिग्री सेल्सियस) र सफा गर्ने साबुनको प्रयोग गर्नुहोस् तर ब्लिचको प्रयोग नगर्नुहोस्। सम्म सतहमा सुक्न दिनुहोस्।

२. पट्टि लगाउँदा कतै यो धेरै कसिएको छ कि भनेर निरन्तर हेर्नुहोस्। जसले गर्दा खुट्टालाई झुम्म बनाउने र रक्तसंचारमा अवरोध ल्याउने हुन्छ र धेरै खकुलो पनि नहोस्, जसले गर्दा त्यसमा असर पुर्याउने दबावको कमि होस् ।

पूर्ण निको हुन दिनुहोस्

गोलीगाँठो पहिलोचोटि मर्केका बेला उचित उपचार र स्याहार चाहिन्छ। यदि ख्याल गरिएन भने बारम्बार मर्कने सम्भावना हुन्छ । मर्किएपछि त्यहाँको लिगामेन्ट कमजोर बन्दै जान्छ। गोलीगाँठो अस्थिर भएर जोर्नीको पीडा, जोर्नीको आर्थराइटिस आदि जस्ता समस्या सिर्जना हुन सक्छन्।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१ बिहिबार ००:००  १ : ०६ बजे