१० श्रावण २०८१, बिहिबार | Thu Jul 25 2024

युरो २०२४ मा आयोजक जर्मनीको विजयी सुरुवात



म्युनिख ।
युरो २०२४ मा आयोजक जर्मनीले विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको खेलमा जर्मनीले १० खेलाडीमा सीमित स्कटल्याण्डलाई ५–१ गोलले हराएको हो ।

एलियान्ज एरिनामा खेलको १० औँ मिनेटमा नै फ्लोरियान व्रिट्जले जर्मनीलाई अग्रता दिलाएका थिए । ९ मिनेटपछि जमाल मुसियालाले टोलीको अग्रता दोब्बर बनाए ।

४४ औँ मिनेटमा रायन पोरटेयसले रातो कार्ड पाएपछि स्कटल्याण्ड १० खेलाडीमा सीमित बनेको थियो । त्यसपछि काई हाभर्टजले पेनाल्टीबाट तेस्रो गोल थपे ।

दोस्रो हाफमा निकलास फुलक्रुगले चौथो गोल गरे । ८७ औँ मिनेटमा एन्टोनियो रुडिगरले आत्मघाती गोल गरेपछि स्कटल्याण्डले एक गोल फर्कायो । तर, इन्जुरी समयमा एमरे चानले पाँचौँ गोल गर्दै टोलीलाई सहज जित दिलाए ।

प्रकाशित मिति : २ असार २०८१ शनिबार ००:००  ५ : ३९ बजे