२८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

करण परियारले जिते नेपाल आइडल



काठमाडौँ ।
नेपाल आइडल सिजन–५ को विजेता करण परियार बनेका छन्।

भोटिङका आधारमा शनिबार ग्रान्ड फिनालेमा उनलाई नेपाल आइडल घोषणा गरिएको हो। बर्दियाका करणले आइडल बनेसँगै नगद २५ लाख पुरस्कार प्राप्त गरेका छन्।

ग्रान्ड फिनालेमा उत्कृष्ट ४ जना थिए। फस्ट रनर अप पोखराकी सलोमी गुरुङ भइन् भने सेकेन्ड रनर अप सचिन विश्वकर्मा भए। मोहित भुजेल थर्ड रनर अप भए।

नेपाल आइडलमा न्ह्यु बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा जज थिए।

प्रकाशित मिति : ९ असार २०८१ आइतबार ००:००  ८ : २० बजे