३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

खादामाला निषेध गरेका मुख्यमन्त्री आचार्य



अर्घाखाँची ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुचनै टाँस गरेर खादा माला निषेध गरेका छन्। आचार्यले भेट गर्न र बधाई दिन आउने व्यक्तिहरूबाट खादा, माला, अबिर नलगाउनुका साथै कुनै प्रकारको उपहार नलिने निर्णय गरेका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उनको सचिवालयले खादा, माला, अबिर नलगाउन निषेध गरेको सूचना टाँस गरेको मुख्यमन्त्री सचिवालयका प्रदीप नेपालीले जानकारी दिए।

उनका अनुसार तडकभडकसहित शुभकामना दिँदा दैनिक कामकाज प्रभावित भएको छ। शुभचिन्तकहरू फूलमालासहित आउनु राम्रो भए पनि भड्किलो हुने सम्भावना भएकाले निषेध गरिएको हो।

साथै मुख्यमन्त्रीले सुरक्षा स्कर्टिङ घटाएका छन्। मुख्यमन्त्रीको सुरक्षार्थ खटिने नियमित टोलीबाहेक अन्यत्र जाँदा स्कर्टिङ घटाइएको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : १३ श्रावण २०८१ आइतबार ००:००  ६ : ३८ बजे