६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

पाल्पामा डिभाइडरमा स्कुटर ठोक्किँदा एकजनाको मृत्यु



काठमाडौं ।

पाल्पामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको रामपुर नगरपालिका १० कालिगण्डकी करिडोर पक्की सडक खण्डमा बर्दलेबाट रामटार जाँदै गरेको लु ४४ प २४३१ नम्बरको स्कुटर आफै अनियन्त्रित भइ डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको पाल्पा प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर रामपुर १० का ४० वर्षीय यमबहादुर खरु मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : १७ भदौ २०८१ सोमबार ००:००  ११ : ३२ बजे