६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

इंग्ल्यान्ड क्रिकेट टोलीका अलराउन्डर मोइन अलीले लिए सन्न्यास



एजेन्सी ।
इंग्ल्यान्ड क्रिकेट टोलीका अलराउन्डर मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन्।

मोइन अली सन् २०२४ मा खेलिएको टी-२० विश्वकपमा इंग्ल्यान्ड क्रिकेट टोलीका सदस्य थिए।

सन्न्यास घोषणा गर्दै मोइनले भने, ‘म ३७ वर्षको भएँ र अर्को महिना अस्ट्रेलियाविरुद्ध हुने सिरिजका लागि पनि छनोट भएको छैन। मैले इंग्ल्यान्डका लागि धेरै क्रिकेट खेलेको छु। अब अर्को पुस्ताको लागि समय आएको छ। मैले मेरो भाग गरेको छु र यो बिदाइ गर्ने समय हो।’

आफ्नो अन्तर्राष्ट्रिय करियरमा मोइनले इंग्ल्यान्डका लागि ६८ टेस्ट खेल खेलेका छन्। जसमा उनले ३०४९ रन बनाएका छन् भने २०४ विकेट समेत लिएका छन्।

यस्तै मोइनले १३८ एकदिवसीय खेलमा २३५५ रन बनाएका छन् भने १११ विकेट लिएका छन्।

टी-२० मा मोइनले ९२ खेलमा १२२९ रनसहित ५१ विकेट लिएका छन्।

प्रकाशित मिति : २३ भदौ २०८१ आइतबार ००:००  १ : ४४ बजे