५ असार २०८२, बिहिबार | Fri Jun 20 2025

धनुषाको प्रहरी हिरासतबाट आठ थुनुवा फरार



काठमाडौं ।

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट आठ थुनुवा फरार भएका छन् ।

सोमबार बिहान साढे ३ बजेतिर भेन्टिलेसन तोडेर ९ जना थुनुवा फरार भएको जिप्रका धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए। तीमध्ये सत्यम् झा नामका थुनुवा जनकपुरको जनकचोकबाट पक्राउ परेको उनले बताए।

प्रहरीका अनुसार फरार थुनुवाहरू लागुऔषध तथा अभद्र व्यवहारअन्तर्गत थुनामा रहेका थिए। फरार हुनेमा लागुऔषध मुद्दाका रञ्जित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अमितकुमार झा छन्। यस्तै अभद्र व्यवहारमा पक्राउ परेका बिक्की कार्की, मनिष मण्डल र सुमित मेस्तर (नाबालक) पनि फरार भएका छन्।

फरार भएकाहरूको खोजीका लागि बिहानैदेखि विभिन्न ठाउँमा ‘सर्च’ अभियान चलाएको प्रवक्ता अवाले बताए।

प्रकाशित मिति : ७ आश्विन २०८१ सोमबार ००:००  १० : ५७ बजे