७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मित्रहरु ! रवि सहकारी ठग हुन्, समातेर प्रहरीलाई बुझाईदिनुस् : मुकुल ढकाल



काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ततकालीन महामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछानेलाई नबचाउन आग्रह गरेका छन्।

सोमबार सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै उनले सहकारीको रकम अपचलन गरेका लामिछानेलाई समातेर प्रहरीको जिम्मा लगाउनुपर्ने बताएका हुन्।

आफ्नै कार्यकर्तालाई ढाल बनाएर पार्टीको कार्यालयमा बसेका लामिछानेलाई तत्काल समातेर प्रहरीलाई बुझाउन रास्वपाका कार्यकर्ताहरूलाई समेत अनुरोध गरेका छन्।

उनले लेखेका छन्–

प्रिय रास्वपा मित्रहरु !

हामीले बनाएको पार्टी भ्रष्ट, ठग , दलाल र अपराधीको संरक्षणको लागि होइनस बल्की तिनीहरुको अन्त्य गर्दै विधिको शासन स्थापनाको लागि हो । तपाईंहरुको उर्जा एउटा सहकारी ठगको बचाउको लागि खर्च हुनु दुर्भाग्यपूर्ण हो । हाम्रो पार्टी कार्यालयमा लुकेर तपाईंहरुलाई ढाल बनाएर बसेको सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाईदिनुस् ताकी कानुनभन्दा माथी कोही हुनुहुन्न भनेर हामीले देखाउन खोजेको बाटो थप चौडा बन्न सकोस् । विधिको शासन स्थापना गर्ने बेला हो । ठग जो सुकै होस्, हाम्रै पार्टीको किन नहोस्, जेलमा कोच्ने बेला हो । कुनै व्यक्ति विशेषको ठगी जोगाउनका लागी पार्टी प्रयोग हुनुहुँदैन, गर्नुहुँदैन ।

प्रकाशित मिति : ७ आश्विन २०८१ सोमबार ००:००  १२ : ०७ बजे