१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

सुनको भाउ १ लाख ६० हजार नजिक



काठमाडौं ।
पछिल्लो समय सुनको भाउमा लगातार नयाँ रेकर्ड बन्न थालेको छ।

पछिल्लो तीन दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेको छ।

आज मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५९ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। हिजो प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

आइतबार सुन प्रतितोला एक लाख ५८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रकाशित मिति : ८ आश्विन २०८१ मंगलबार ००:००  ११ : ३१ बजे