६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

२ बर्ष समय थप्दा पनि बुटवल-नारायणगढ सडकखण्डको काम ५२ प्रतिशत मात्रै



बुटवल ।
४२ महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता गरिएको बुटवल-नारायणगढ सडक खण्डको पुनर्निर्माणको काम थप २४ महिना लम्ब्याउँदा पनि करिब ५२ प्रतिशतको हाराहारीमा मात्र काम सम्पन्न भएको अधिकारीहरूले बताएका छन्।

११३ किलोमिटर लामो उक्त सडक खण्डको पुनर्निर्माण लागि सडक विभागले चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनसँग २०७५ साल माघमा सम्झौता गरेको थियो।

सो सम्झौता अनुसार २०७९ सालको साउन महिना भित्रै काम सम्पन्न भइसक्नु पर्ने थियो। सडक विभागका अनुसार त्यसयता पहिलो पटक ३५० दिन र दोस्रो पटक ३६५ दिन गरी ७१५ दिन म्याद थप गरिएको थियो। पछिल्लो पटक थप गरिएको समय पनि यसै साता सकिएको छ।

प्रकाशित मिति : ८ आश्विन २०८१ मंगलबार ००:००  ५ : ४५ बजे