६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

बाढी, पहिरो र डुबानामा घाइते भएकाको सरकारले निःशुल्क उपचार गर्ने



काठमाडौँ ।

भारी वर्षका कारण आएको बाढी, पहिरो र डुबानमा परेर घाइते भएकालाई सरकारले निस्शुल्क उपचार गर्ने भएको छ ।

सरकारका प्रवक्ता, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बाढी, पहिरो र डुबानमा परेर घाइते भएकाहरूलाई निस्शुल्क उपचार गर्ने निर्णय भएको जानकारी दिए।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले उक्त निर्णय गरेको हो।

अवरुद्ध सडक तत्काल खोल्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल लिने निर्णय पनि भएको उनले बताए।

खानेपानी, विद्युतलगायतका सेवा सञ्चालनका लागि पनि तीव्रता दिने निर्णय भएको छ। उद्धार र राहतको काम थप प्रभावकारी गराउने निर्णय पनि भएको बताइएको छ।

प्रकाशित मिति : १२ आश्विन २०८१ शनिबार ००:००  ६ : ०७ बजे