४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

बाढीपहिरोले हालसम्म १९२ को मृत्यु, ३० जना बेपत्ता



काठमाडौं ।

अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ को मृत्यु भएको छ। ३० जना बेपत्ता भएका छन् ।

प्राकृतिक विपद्मा १९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए। बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उहाँले जानकारी दिए।

बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ।

सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताए।

प्रकाशित मिति : १४ आश्विन २०८१ सोमबार ००:००  ७ : ३७ बजे