२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024

धादिङका प्रहरी प्रमुख हेडक्वाटर तानिए, एसपी शाहीलाई पठाइयो



काठमाडौं ।
प्रहरी प्रधान कार्यालयले धादिङको प्रहरी प्रमुख हेरफेर गरेको छ । बाढी पहिरोको विपत्तिको जोखिमको बेला काम सन्तोजनक नभएको भन्दै प्रहरी हेडक्वाटरले धादिङकोे प्रहरी प्रमुख हेरफेर गरेको हो ।

धादिङमा कार्यरत एसपी गौतम केसीलाई हेडक्वाटर तानेर उनको ठाउँमा दीपेन्द्र शाहीलाई प्रहरी प्रमुख बनाएर पठाइएको छ ।
यसअघि गृह मन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई पनि मन्त्रालयमा तानेको थियो । धादिङको प्रमुख जिल्ला अधिकारी बनाएर मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई पठाइएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१ सोमबार ००:००  २ : ०३ बजे